उपनिर्वाचन : इलाममा १९, बझाङमा ११ जनाको उम्मेदवारी कायम

निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा १९ जनाले उम्मेदवारी दिएका हुन्। २० जनाले मनोनयन दर्ता गराएको भए पनि स्वतन्त्र उम्मेदवारी दिएका केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका थिए।

आयोगले १९ जनालाई निर्वाचन चिन्ह पनि प्रदान गरिसकेको छ। यहाँ १२ जना दलका उम्मेदवार छन्। ७ जनाले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

त्यस्तै, बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ११ जनाले उम्मेदवारी दिएका हुन्। १२ जनाको उम्मेदवारी परेकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले फिर्ता लिएको प्रवक्ता पौडेलले बताए। उनीहरूलाई पनि चुनाव चिन्ह प्रदान गरिएको हो।

एक प्रतिनिधि सभा र एक प्रदेश सभामा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =