संसदमा कांग्रेसको प्रश्न– रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ?

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकारले नेपाली काँग्रेसलाई गलाउनका लागि संसदीय छानबिन समिति नबनाएको बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणका लागि संसदीय छानबिन समिति बनाउन माग गरेपनि सरकारले काँग्रेसलाई गलाउनका लागि गठन नगरेको बताएकी हुन् ।

उनले काँग्रेसलाई थकित गराउनका लागि सरकारले आफूहरूको कुरा नसुनेको भन्दै बाध्य भएर आफूहरूले संसदमा उभिनु परेको बताइन् । उनले संसदको कुनैपनि काम, कारबाही अगाडी नबढाउन पनि आग्रह गरिन् ।

सचेतक थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ पाउँदैन भनेर प्रश्न गरिन् ।

उनले गोर्खा मिडिया कम्पनीको तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? भन्ने उनको प्रश्न छ । उनले गृहमन्त्री रवि लामिछाने भएको कारण अनुसन्धान रोकिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =