इण्डोनेसियामा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा राजमार्गमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रारम्भिक प्रतिवेदन अनुसार करावाङ रेजेन्सीको राजमार्गमा नौ जना सवार मिनिबस सडकको पेटीमा ठोक्किएको थियो । बसलाई पछाडिको अर्को मिनिबसले पनि ठक्कर दिएको कारवाङका प्रहरी प्रमुख विरधान्तो हाडिकासोनोले बताए ।

दुर्घटनापछि दुईवटा मिनीबसमा आगो लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *