काँग्रेसले गर्यो संसद अवरुद्ध, बैठक स्थगित
२०८० चैत २७ गते

काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेस र विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीले उठेर बैठक अवरुद्ध पारेका हुने ।
त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिइन् ।
सत्तापक्ष र प्रतिपक्षको अवरोधका कारण सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।
२०८० चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








