सभामुखसहित शीर्ष नेता बालुवाटारमा, संसद् खुलाउन प्रधानमन्त्रीले लिए अग्रसरता

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुखसहित दलका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियतामा सभामुखसहित शीर्ष दलको नेताहरु केही बेरअघि बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, महामन्त्री गगन थापा, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ । यसअघि सोमबार सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक भने निष्कर्षविहीन बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =