संसद् अवरोध गर्ने कांग्रेसको निर्णय
२०८० चैत २७ गते

काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध गर्ने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध हुन्छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
२०८० चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








