सशस्त्र प्रहरीको स्टोरमा आगलागी
२०८० चैत २६ गते

काठमाडौं । सशस्त्र प्रहरी बलको लत्ताकपडाका सामानहरू राखिएको स्टोरमा आगलागी भएको छ ।
सतुंगलस्थित स्टोरमा भएको आगलागीबाट लत्ताकपडा लगायतका सामानहरू जलेका छन् ।
स्टोरमा रहेका जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु जलेका सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले आगलागीको कारण नखुलेको बताए ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले प्रयास गरिरहेका छन् । साथै चार वटा दमकल पनि आयो नियन्त्रणमा प्रयोग गरिएको छ ।
२०८० चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








