धनकुटाबाट ५ सय ४४ किलो गाँजा बरामद
२०८० चैत २६ गते

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित को.१ ख ३२९४ नम्बरको मिनि ट्रकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलो आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा सब्जीको बोराभित्र प्याक गरी लुकाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले ट्रक जाँच गर्ने क्रममा सब्जी पसलमा सब्जी दिन जान्छु भनी पसलतर्फ गई फरार भएका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








