काँग्रेसको अडान रास्वपालाई स्वीकार्य छैन : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काँग्रेसको अडान आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् ।

सभामुख देवराज घिमिरेले भोलिबाट सुरु हुने संसद बैठकलाई सुचारु गराउन सोमवार राखेको प्रमुख चार दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले मिथ्या कुरामा संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए ।

‘मिथ्या आरोप लगाएको भरमा समिति नै चाहिन्छ भन्ने यो एउटा कुटिल चाल, यो कहाँबाट मिल्छ ? सत्य हो भने कारबाही गर्ने काम गर्छौ’उनले भने ‘मिथ्या आरोपको भरमा उसका राजनीतिक, सामाजिक, आर्थिक अधिकार, मानव अधिकार खारेज गर्ने जस्तो नेपाली काँग्रेस जस्तो लामो पार्टीले गर्छ, त्यो रास्वपाले स्वीकार गर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =