गायक निशान र मोडल ऋचाको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ ।

दुई बिचको सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्ध बिच्छेद गरेको बताइएको छ ।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए । विवाह भएपछि सम्बन्ध लामो समय टिक्न नसकेको हो ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने उनी चल्तीका गायक पनि हुन् । ऋचा भने मोडलिङ पेसामा आबद्ध छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *