कांग्रेस नेतृत्वको कोशी सरकारबाट बाहिरियो माओवादी
२०८० चैत २६ गते

|माओवादी केन्द्रका नेता इन्द्र आङ्बो। तस्बिरः फाइल|
काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।
सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले राजीनामा गर्ने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।
२०८० चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








