देउवाले बोलाए संसद्‌मा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ गते (मंगलबार) बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =