भारततर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण
मकालु खबर
२०८० चैत २५ गते
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारततर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमोगाडी नियन्त्रणमा लिएको छ ।
चैत्र २४ गते शनिवार वीरगंज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बी.आर. १० जे ८२०१ नम्बरको टाटासुमो गाडीमा अवैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश अधिकारीको कमान्डमा खटिएको टोलीले बरामद गरेको हो । चालक भने फरार रहेका छन् ।
नियन्त्रणमा लिइएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८० चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित