दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा १ लाख बढी आँखाका बिरामी नेपाल आँखा अस्पताल पुगे

काठमाडौँ । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरू बढेका छन् ।

कोरोना भाइरसपछि बालबालिकाहरूमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरू बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । उनले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताए । उनले इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताए ।

उनले आँखाको रोग सुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरूमा धेरै मात्रामा रोग देखिएको बताए । उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए । उनले ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए ।

उनले अस्पताल आउन नसक्नेहरूलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरूलाई बहिरंग सेवा दिने गरेको बताए ।

उनले भने ‘यस आर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छौँ । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ । आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको सुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । बच्चाहरूमा १६ वर्ष उमेर पुगेका भन्दा कमकामा पनि हामीले १५ हजार भन्दा बढी बालबालिकाको उपचार सेवा दिएका छौँ । ३ हजार ५ सय ९८ सर्जरी गरिएको ८ महिनामा गरेका छौँ । अस्पतालले यहाँ आउन नसक्नेहरूलाई दूरदराजका बिरामीहरूलाई पनि सेवा उपलब्ध गराउने कार्यक्रम गरेका छौँ । दूरदराजमा ७२१ जनाको शल्यक्रिया गरेका छौँ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरूलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क परीक्षण गर्ने काम गरेका छौँ । कोभिड पछि आँखाको समस्या बालबालिकाहरूमा बढी देखिएको छ । गत ८ महिनामा १५ हजार बढी स्कुले विद्यार्थीको आँखा जाँच गरेका छौँ । एक हजार भन्दा बढी निःशुल्क चस्मा वितरण गरेका छौँ । आँखा अस्पतालमा भविष्यमा बिरामीहरू अझ बढ्ने क्रम रहेको छ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ ।’

उनले विद्यार्थीहरूको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चस्मा वितरण गरेको पनि बताए । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरूको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चस्मा वितरण गरेको बताए ।

प्रतिक्रिया

One thought on “दैनिक बढ्दै आँखाका रोगी : ८ महिनामा १ लाख बढी आँखाका बिरामी नेपाल आँखा अस्पताल पुगे

Leave a Reply

Your email address will not be published. Required fields are marked *