गृहमन्त्रीमाथि गहिरो अनुसन्धान हुनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछाने विषयमा संसदीय बन्नुपर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियनको बुटवलमा राखेको पत्रकार सम्मेलन बोल्दै भण्डारीले प्रजातान्त्रिक व्यवस्था प्रश्न उठेपछि संसदीय छानबिन गरेर प्रस्ट पार्नु स्वाभाविक रहेको बताएका हुन् ।

छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको उनले बताए । ‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानवीन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’

नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए । उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन् । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =