मेटल उद्योगमा जलेर मृत्यु भएका व्यक्तिको परिचय खुल्यो

काठमाडौँ । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ । आगलागीमा परी काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीकाअनुसार मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्थे ।

आगलागीबाट १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *