मेरो जित पक्का छ, स्व.पिताको पदचाप पछ्याउने छु : सुहाङ नेम्वाङ

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिवार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताए ।
उनले नयाँ ढंगले प्रचारप्रसार गर्ने बताए । उनले बिना गाली गलौज र टिकाटिप्पणी बिना प्रचारप्रसार गर्ने बताए ।
सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने बताए ।
उनले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरुको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिवद्धता जनाए ।








