इजरायलका लागि जासुसी गर्ने ८ जना टर्कीबाट पक्राउ

काठमाडौं । टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

देशका आन्तरिकमन्त्री अली येर्लिकायाले दुई संदिग्धलाई हिरासतमा लिइएको र अन्य ६ जनाका लागि न्यायिक नियन्त्रण निर्णय गरिएको बताए ।

संदिग्धहरूले इजरायली गुप्तचरहरूसँग बैठकहरू गरेका थिए । मोसादद्वारा लक्षित टर्कीमा व्यक्ति र कम्पनीहरूको बारेमा जानकारी संकलन गरेका थिए ।

मन्त्रीका अनुसार टर्कीको राष्ट्रिय खुफिया संगठनसँग संयुक्त रूपमा छापा मारिएको थियो । प्रहरीले संदिग्धहरूलाई स्वास्थ्य जाँचका लागि राज्य अस्पताल र त्यसपछि इस्तानबुलको न्याय मन्त्रालयको भवनमा लगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *