सुहाङलाई जिताउन एमाले-माओवादीको संयुक्त अपिल, कार्यकर्ता उत्साही

काठमाडौं । इलामस्थित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई आउँदो उपनिर्वाचनमा विजयी गराउने प्रतिबद्धता गरेका छन् । आउँदो वैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनका साझा उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउने एमाले-माओवादी लिखित प्रतिबद्धताले दुवै दलका नेता/कार्यकर्ता उत्साही देखिएका हुन् ।

एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता/कार्यकर्तालाई लिखित अपिल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच इलाम-२ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो ।

यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको भएपनि उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =