रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षाका लागि पहल गरिदिन गृहमन्त्री लामिछानेसँग आग्रह

‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष आग्रह गरेको छ ।

केही पीडित परिवारले शुक्रबार मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकोको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए ।

‘तपाईँहरूको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नु परेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज/भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु,’ मन्त्री लामिछानेले भने ।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइँदिने भन्दै केहीले आफूहरूसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =