लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार प्रदेशसभामा राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि सत्तारूढ दलका तर्फबाट महराले प्रदेश प्रमुख शेरचनसमक्ष दाबी प्रस्तुत गरेका थिए ।

उनले सरकार गठनका लागि आवश्यक बहुमत सङ्ख्या नेकपा (एमाले)का २९, माओवादी केन्द्रका १०, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएका थिए ।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले बिहीबार सात बुँदे सहमति गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =