१२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

खोटाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =