नयाँ वर्षमा सि.जी.को ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ उपहार योजना सार्वजनिक

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरूलाई ‘केही नयाँ गरौं, नयाँ सोचौँ, र नयाँ नै रोजौँ’ भन्ने मूल सन्देशका साथ सी.जी. को ‘नयाँ सोचौँ, नयाँ रोजौें’ भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।

कम्पनीका अनुसार यस उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी मेरिडियाको उत्कृष्ट उत्पादनहरूको नवीनतम प्रविधि एवम् गुणस्तरका साथ विशेष ग्राहकहरूका लागि रु. ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू समेत उपलब्ध रहेको छ ।

कम्पनीले उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनहरूमा पक्का उपहारहरू प्राप्त गर्ने बताएको छ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि. , अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पिकर उपहार पनि रहेको छ ।

कम्पनीका अनुसार सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नेछन् ।

साथै ० प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सि.जी.को सामान साट्न सक्ने सुविधा पनि रहेको छ ।

यो योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *