राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट विमला घिमिरे उम्मेदवार
मकालु खबर
२०८० चैत २२ गते
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ ।
गठबन्धनमा भएको सहमति अनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।
नयाँ गठबन्धन बन्दा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो । सोही अनुसार उपाध्यक्ष एमालेले दाबी गरेको हो ।
यता, नेकपा एसले पनि उपाध्यक्षमा दाबी गर्ने बताइएको छ ।
मकालु खबर
२०८० चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित