हसिना खान जसपाको समानुपातिक सांसदमा सिफारिस
२०८० चैत २२ गते

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो ।
पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ ।
२०८० चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








