उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।

चैत २२ गते बसेको आयोगको बैठकबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचनका लागि इलाम– २ मा ४२२ जना मतदाता थप भएका छन् । यससंगै यहाँ १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ– १ को प्रदेशसभा–१ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।

पछिल्लो निर्वाचनमा इलाम– २ मा १ लाख १५ हजार ४६७ र बझाङ– १ को प्रदेश सभा–१ मा ६१ हजार ११० मतदाता रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =