कांग्रेसले बुधबार पनि उम्मेदवार टुंग्याउन सकेन

नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार पनि उम्मेदवार सकेन।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो।

बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने भएकाे छ। उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन्।

इलाम – २ र बझाङ प्रदेशसभा – १ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको  छ।

इलाम – २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ। सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन्।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =