संविधान परिवर्तन अहिलेको मुख्य मुद्दा हो : डा.लोहनी

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक अस्थिरता कायम रहेसम्म वैदेशिक लगानी आउन नसक्ने बताएका छन् ।

बुधवार ललितपुरमा भएको सार्वभौमिकता सीमा र पानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.लोहनीले मुलुकमा धेरै राजनीतिक अस्थिरता भएकाले वैदेशिक लगानी आउन नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले मुलुकमा राजनीतिक अस्थिरताको कारणले मुलुकमा विकास हुन नसक्ने पनि दाबी गरे ।

उनले छिमेकी देशहरू भारत र चीनमा स्थिर सरकार र स्थायी नीति भएकाले ठूला राष्ट्रहरूले पनि लगानी गरिरहेको दाबी गरे । उनीहरूले लगानी गर्नुको कारण पनि भारत र चीनको स्थिर राजनीति र नीतिको कारण रहेको बताए ।

नेता लोहनीले नेपालमा हरेक एक महिनामा मन्त्रीमण्डल परिवर्तन हुने र एक वर्ष पनि सरकार नटिक्ने अवस्था सिर्जना भएको बताए । उनले वैदेशिक लगानी गर्न चाहने देशहरूले अस्थिर राजनीति देखेर पनि लगानी ल्याउन नमान्ने अवस्था सिर्जना भइरहेको बताए ।

उनले भारत र चीन सरकारको नीति र नेता विश्वास बढेकाले वैदेशिक लगानी आइरहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताले वैदेशिक लगानी नआउन मात्रै नभएर मुलुकका नेताहरूको मन पनि बलियो हुन नसक्ने बताए ।

उनले अस्थिर राजनीतिक अन्त्य गर्न नेपालको संविधान परिवर्तन अहिलेको मुख्य मुद्दा भएको बताए । उनले समानुपातिक प्रणालीले सरकारलाई संघै अस्थायी गरिरहेको बताए । उनले राजनीतिक अस्थिरतालाई करेक्सन गर्नको लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । उनले नेपालका भारत र चीनले आफूले भनेको लाइनमा चल्ने सरकार बनोस् भन्ने मान्यता राख्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *