राष्ट्रिय आवश्यकताले नयाँ गठबन्धन बन्यो : सुरेश आले मगर

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसद सुरेश आले मगरले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गरेको बताएका छन् ।

सभाको विशेष समयमा आफ्नो धारणा राख्दै उनले राष्ट्रिय आवश्यकतालाई विचार गरेर परिवर्तन गरिएको गठबन्धनका सम्बन्धमा अनावश्यक टिप्पणी गरिएकोमा आपत्ति जनाए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा यसअघि ध्यान नदिइएको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

पूँजीगत बजेट खर्च गर्न नसक्नुको पछाडि सचेत र इमान्दार प्रयत्न नभएको तथ्य पेस गर्दै सांसद मगरले त्यसमा ध्यान दिनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *