बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरूसँग छलफल गर्न सांसद केसीले गराए ध्यानाकर्षण
२०८० चैत २१ गते

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरूसँग सरकारले पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको उल्लेख गर्दै सरोकार समिति सँग यथाशीघ्र वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए ।
उनले सरकारले सहमतिको बाटो निकाल्न नसकेमा आन्दोलन गम्भीर रुपमा अगाडी बढ्ने बताए ।
२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








