अग्लो झोलुङ्गेपुलबाट भिरमा खसेका युवाको उद्धार

पर्वत । पर्वत सदरमुकाम कुश्मामा रहेको कुश्मा–मुडिकुवा अग्लो पुलबाट भिरमा खसेका एक युवाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मङ्गलबार राति साढे ८ बजेको समयमा पुलबाट खसेर भिरमा अड्किएका गुल्मी घर बताउने ४२ वर्षीय सुरेश गुरुङलाई सशस्त्र पहरी बल २५ नं गण चण्डिका पर्वतका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको नेतृत्वमा गएको टोलीले सकुशल उद्धार गरेको हो ।

गुरुङ करिब पुलभन्दा ७० मिटर तल भिरमा अड्किएका थिए । पुलमा यात्रा गरेका यात्रुले मानिस खसेको जानकारी गराएपछि थापाको नेतृत्वमा पुगेको टोलीले तत्काल उद्धार गरेर अस्पताल ल्याएको थियो ।

घाइते अवस्थामा उद्धार गरिएका गुरुङको पर्वत अस्पतालका उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार पुलबाट खस्ने युवाले मदिरा सेवन गरेको र मानसिक असन्तुलन रहेको पाइएको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । गुरुङका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =