डलर अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो, विनोद कति नम्बरमा ?

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । फोर्ब्सले अहिलेसम्मकै धेरै २ हजार ७८१ जनाको सूची सार्वजनिक गरेको हो । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो ।

विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो । नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।

यसैबीच नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको स्थान भने केही खस्केको देखिन्छ । कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्तिसहित चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् । उनी गत वर्ष १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *