नेपाल टेलिकमले VAS सेवाको रुपमा सञ्चालन गरेको IPTV (NtTV) सेवामा आलाकार्टा (A’la Carte) प्रणाली लागु

काठमाडौँ । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा (A’la Carte)शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NtTV) का ग्राहकहरूका लागि NtTV A’la Carte शुल्क प्रणाली लागु गरेको छ ।

कम्पनीका अनुसार सो अनुरूप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार थप गरी Package हरू खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

Basic Package लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरूप तपसिल Bouquet बमोजिमका प्याकेजहरू खरिद गर्न सक्नेछन् ।

ग्राहकले Basic तथा Premium Package खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा Visit गर्नुपर्नेछ भने Basic
Package  लिएका  ग्राहकहरूले थप Bouquet Package खरिद गर्नका लागि TV को Menu मा गएर आफैँ खरिद गर्न सक्नेछन् ।

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट
ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीको रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *