बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताए । उनले सडकबाट जनताका आवाजहरू बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताए ।

उनले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताए । उनले जनताको इच्छालाई बुझेर एकताबद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बताए । उनले अहिलेको सरकार विचार मिल्नेहरूको सरकार भएकाले प्रगतिशील नीतिका कार्यक्रमहरू अघि बढाउन आवश्यक रहेको बताए ।

उनले भने ‘खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन । हामीले सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ ।’

उनले भ्रष्टाचारलाई उन्मुलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *