एमालेको लमजुङ जिल्ला कमिटी अध्यक्षमा विष्ट निर्वाचित

नेकपा एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।सोमबार सम्पन्न मतगणनामा कृष्णप्रसाद अधिकारीलाई ८९ मतान्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

कमिटिको नवौं जिल्ला अधिवेशनमा विष्टले दुई सय ८८ मत प्राप्त गरे ।यसअघिका जिल्ला अध्यक्ष समेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए।

उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले २४२ मत प्राप्त गरे भने पौडेलले २३७ मत प्राप्त गरे ।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई २३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहरा निर्वाचित भए । राजेन्द्रले ३५८ र मिश्रले ११९ मत प्राप्त गरे । उपसचिवमा राजेन्द्र अधिकारीलाई १२० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भए । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले १२९ मत प्राप्त गरे ।

उपसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन् । आइतबार भएको मतदानमा ५३२ जना सहभागीमध्ये ५०६ जना सहभागी भएका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =