सरकारलाई काँग्रेसको चेतावनी– बाध्य भएर संसद अवरुद्ध गर्न नपरोस् (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा काँग्रेस पछि नहटेको बताएकी छन् ।

सोमवार संसद भवन परिसरमा बोल्दै उनले आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको बताइन् ।

उनले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताइन् ।

उनले सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताइन् ।

उनले काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताइन् ।

दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने बताइन् ।

उहाँले भन्नुभयो, ‘हाम्रो मागमा ब्याक भएको भन्न मिल्दैन । हामीले त सरकारलाई केही समय दिएका हौ । हामीले हाम्रो कुराहरु यथावत उठाइराखेका छौं । दैनिक उठाएर सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानुहुँदैन । परेको दिनमा कुन बेला, कतिखेर सरकारले साह्रै नै हाम्रो कुरालाई बेवास्ता ग¥यो भने मात्रै हामी घेर्ने तयारीमा छौं । हामी ब्याक भएको होइन । सरकारलाई समय दिएको मात्रै हो । यो विधेयकलाई अगाडि बढाउनका लागि सहयोग गरेको हो । काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिन अवरुद्ध पारेर जानुहुँदैन भनेर हामीले विधेयकलाई सहयोग मात्रै गर्न खोजेको हो । हामीले सरकारलाई दिएको समयमा पनि बेवास्ता ग¥यो भने हामीले बाध्य भएर सदन अवरुद्ध गर्नेछौँ । त्यो अवस्था सरकारले नबनोओस् सरकारलाई समय दिएको मात्रै हो । अब पनि संसद अवरुद्ध पार्न बाध्य पारियो भने त्यसको जवाफ सरकार आफैंले दिनुपर्छ ।’

उनले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताइन् । उनले संघीय बजेट ३ करोड भन्दा कमको बनाउनु नहुने बताएन् ।

पार्टीका कार्यकर्तालाई भर्ती गर्ने ठाउँमा झैँ टुक्रे बजेट ल्याउनु नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =