रेशम चौधरी भन्छन्– मलाई जेल हाल्ने स्वार्थीहरूको पछि लाग्दैनौं

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफूलाई जले हालेर सत्ताको हालीमुहाली गर्ने स्वार्थीहरूको पछाडि नलाग्ने बताएका छन् ।

सोमबार अनामनगरस्थित पार्टी कार्यालयमा दुई पक्षबिच कुटाकुट भएको र रेशमले अर्को पक्षलाई ज्यान मार्ने धम्की दिएको समाचार आइरहेका बेला उनले उक्त कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गर्दै उनले बैठकमा कसैमाथि हातपात नगरेको र ज्यान मार्ने धम्की पनि नदिएको बताए ।

’पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो , ज्यान मार्ने धम्की कसले दियो, सुन्ने/हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालीमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौं,’ रेशमले फेसबुकमा लेखेका छन्, ’अनावश्यक हो–हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्विकार्ने हो । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो ।’

पार्टी अध्यक्ष रञ्जिता चौधरी र उनका पति रेशम चौधरीबिचको विवादले तनावको स्थिति सिर्जना गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी हुने कि नहुनेलगायतका विषयमा रेशम र रञ्जिताबीच कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =