नाउपामा बिवाद : रञ्जिता र रेशम पक्षबिच बैठकमै झडप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रञ्जिता पक्षबिच झडप भएको छ ।

अनामनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबिच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता श्रेष्ठ पक्ष र नहुने रेशमलाल चौधरी पक्षबिच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको विषय बाहिर आएको हो ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हात हालाहाल भएको विषय सुन्नमा आएको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए ।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =