बागमति प्रदेशका संसदीय समिति बाँडफाँडमा जुटेन सहमति, कांग्रेसले माग्यो दुई सभापति

२०८० चैत १८ गते

फाइल फाेटाे
बागमति प्रदेशमा दलहरुबिच संसदका समितिको सभापति बाँडफाँडको विषयमा छलफल भएको छ। आइतबार भएको छलफलमा कांग्रेससहितका दलले समितिको सभापति बाँड्ने विषयमा कुरा भएपनि सहमती भने जुट्न सकेन।
कार्य व्यवस्था समितिको बैठकमा प्रदेशसभाका संसदीय समितिको सभापतिको विषयमा पनि छलफल भएको हो।
बैठकमा समितिको सभापति चयन सहमतिमा गर्ने गरी छलफल भएको छ।
५ समितिको सभापतिको एक/एक वटा लिने गरी छलफल भएको छ।
मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावमा प्रदेशसभाका हाम्रो नेपाली पार्टी र नेमकीपाबाहेक अन्य ५ दलले एक÷एक वटा समितिको सभापति लिने गरी छलफल भएको छ।
उक्त प्रस्तावमा ठोस सहमति भने हुन सकेको छैन। बैठकमा कांग्रेसले २ वटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ।
एमालेले पनि २ वटा माग गरेको छ।

२०८० चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित