राजनीतिक दलहरूले सिद्धान्तलाई ओझेल पार्दैछन् : सांसद प्रधान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सिद्धान्त ओझेल पारेर राजनीतिक दलहरू अगाडि बढिरहेकाले व्यवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सिद्धान्तको मुल कुरालाई सबैले ओझेल पारेर देश हित विपरित काम भइरहेकाले व्यवस्था परिवर्तन अपरिहार्य भएको बताए । उनले जनतालाई विभिन्न ढंगबाट प्रभावित पार्ने काम भइरहेको बताए ।

उनले भने, ‘अहिले संविधानले बन्देज गरेको छैन, कस्तो मानिसलाई निर्वाचनमा सरिक गराउने, निर्वाचन गरेर सदनमा ल्याउने त्यो क्राइट एरिया निर्वाचन आयोगले पनि पहल गर्न जरुरी छ । त्यो नभएसम्म यस्तो प्रवृत्तिहरू हाबी हुनसक्छन् । अब जुन आर्थिक रूपले सम्पन्न रहन्छ, जो जनतालाई प्रभावित गर्ने विभिन्न ढंगले गर्ने हुन्छन्, आशले गरिन्छ, आशले गर्दा पनि त्यहाँ आर्थिक चलखेलको रहन्छन् । सिद्धान्तको मुल कुरालाई सबैले ओझेल पार्ने सम्भावना रहँदाखेरी मुलुकको स्थिरतामा नै प्रभाव पर्छ । त्यसैले हामीले व्यवस्था बदलौँ भनेर भनिरहेका हौँ ।’

उनले उपनिर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारको विषयमा स्पष्ट मापदण्ड निर्धारण गर्न नसकेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *