देउवाको दाबी– काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्छु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलादेशी सिंह फाउण्डेशनले आईतवार काठमाडौंमा आयोेजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

उनले भने–‘हाम्रो पार्टीलाई सच्चा मानेमा महिलाहरुलाई अगाडि ल्याएर हामी नेपालको ठूलो पार्टी मात्र होइन, बहुमत प्राप्त गर्न सक्ने पार्टीको रुपमा स्थापित गर्न सकियोस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसका लागि हामी सबै लागेर कामहरु गरौं ।’

सभापति देउवाले काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिला दिदिबहिनीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गरे ।

उनले पार्टीमा आवद्ध महिलाहरुलाई अझ बढि सशक्तिकरण गर्दै नेपाली काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने उनको भनाई थियो ।

‘भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरुको धेरै ठूलो योगदान हुन्छ उनले भने ‘महिलाहरुको योगदान नभईकन हाम्रो पार्टी सुदृढ हुन सक्दैन ।’

सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भुमिका महत्वपूर्ण रहेको समेत उल्लेख गरे ।

उनले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबी समेत गरे ।

सभापति देउवाले नेपाली काँग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गरे ।

‘अहिलेको हिसावले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन । बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा’उनले भने‘अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसावले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *