बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने

२०८० चैत १६ गते

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते सोमबार विश्वासको मत लिने भएका छन्। शुक्रबार प्रदेश सभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्।
सत्ता समीकरणमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार दिउँसो १ बजेका लागि समय माग गर्दै प्रस्ताव पेस गरेका हुन्।
उनको प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले समय निर्धारण गरी अघि बढाउने छन्।

२०८० चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित