सेनेगलको राष्ट्रपति निर्वाचनमा बसिरो डिओमाये फाये विजयी

एजेन्सी । सेनेगलको राष्ट्रपतीय निर्वाचनमा विपक्षी गठबन्धन डियोमाये राष्ट्रपतिका उम्मेदवार बसिरो डिओमाये फायेले विजयी भएका छन् ।

देशको राष्ट्रिय भोट गणना आयोगले जारी गरेको नतिजा अनुसार उनी विजयी भएका हुन् । देशको राजधानी डकारमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष अमाडी डिउफले कूल २ करोड ४३ लाख ४ हजार ७५१ मत प्राप्त गरे । जुन कुल मतको ५४.२८ प्रतिशत हो ।

मतदान दर ६१.३० प्रतिशत रहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट प्रतिनिधित्व गर्ने अमाडो बा ३५.७९ प्रतिशत मतका साथ पछि परे । ४४ वर्षका फायेको जन्म एनडियागानियाओमा भएको थियो । उनले डकारको चेख अन्ता डिओप विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् ।

फाएलाई अप्रिल २०२३ मा कैद गरिएको थियो । निःवर्तमान राष्ट्रपति म्याकी सालले आममाफी कानून लागू गरेपछि मार्च १४ मा रिहा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *