सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना मन्त्रीलाई नाउपाको निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई नागरिक उन्मुक्ति पार्टीले निर्देशन दिएको छ ।

संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित पत्र लेख्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठले पार्टीको निर्णय नमाने पार्टीको विधानअनुसार अघि बढ्ने ध्यानाकर्षण गराएकी छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो मात्रै नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँचजना मन्त्री भएर सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *