खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न सांसद सुनारको माग

काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रदेश सरोकार समयमा बोल्दै उनले पालुङटार विमानस्थल पनि सुचारु गराउन सरकारलाई दबाब दिए । उनले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन ढिलाइ भएकोभन्दै आपत्ति समेत जनाए । सांसद सुनारले गण्डकी प्रदेश अन्तर्गत रहेको पोखरा पर्यटकीय नगर हेर्न पनि सबैलाई आग्रह गरे ।

उनले जडीबुटीको पनि भण्डारको रुपमा रहेको सो प्रदेशको विकासमा लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद सुनारले भने ‘गोरखकाली रबर उद्योग र पालुङटार विमानस्थल अहिले बन्द अवस्थामा छन् । त्यसलाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन माग गर्दछु । ’

सांसद सुनारले सो प्रदेशको खेतीयोग्य जमिनका लागि सिँचाइको आवश्यक व्यवस्था पनि मिलाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *