सभामा उपस्थित भई जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।

निर्देशन दिँदै उनले भने ‘माननीय सदस्यहरूले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरूका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *