गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले विमानस्थल बनाउन अर्बौँ रुपैयाँ खर्च भएको भन्दै हवाई रुट नपाएको कारण बन्द हुने अवस्था आउनु दुःखद् भएको बताइन् । उनले कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत् उत्पादन सँगै सिँचाइमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन् ‘कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत् उत्पादनसँगै सिँचाइमा प्रयोग गर्न सक्दा रुपन्देही र कपिलवस्तुका अधिकांश जमिनमा सिँचाइ हुनसक्छ भने सिक्टा सिँचाइ आयोजना सञ्चालनमा आउन सक्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिँचाइ हुनसक्छ । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाँ अर्बौँ खर्च भइसकेको छ । उक्त विमानस्थल हवाई रुट नपाएको कारण बन्द हुनुपर्ने अत्यन्तै दुःखद् पक्ष हो । यसलाई कूटनैतिक पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य घिमिरेले सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिँचाइ हुने भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *