सञ्चारकर्मीसँग सभामुख

हामी आइपुगेका छौँ, बैठक चल्छन् : सभामुख घिमिरे 

काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरूबीचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।

उनले संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने पनि बताए । ‘दलहरूबीच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’, सभामुख घिमिरेले भने, ‘अब हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।’

आफू बाहिर भएको बेला के-के भयो भन्ने कुरा धेरै थाहा नभएको सभामुख घिमिरेले बताए । ‘यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन । तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ,’ उनले भने ।

  • यो पनि 

जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ : सभामुख घिमिरे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *