गृहमन्त्री लामिछानेको निर्देशनपछि सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय र सबै प्रदेशमा सर्कुलर गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सादा पोसाकमा खटिने (घुमुवा) प्रहरी गैर व्यावसायिक काममा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरलाई त्यसबारे सर्कुलर गर्न भनेका हुन् ।

सादा पोशकाका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरेर नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन सर्कुलर गरिएको छ ।

अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक अन्य प्रहरी कर्मचारीले अब युनिफर्म लगाउनुपर्ने र कार्यालय प्रमुखले त्यसबारे मनिटर गर्नुपर्ने परिपत्र गरिएको छ । प्रहरी हेडक्वार्टरले जिम्मेवारी परिवर्तन गरिएका कर्मचारीको नामावली दुई घण्टामा पठाउन भनेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *