रास्वपाबाट इलाम–२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार उम्मेदवारहरुबीच छलफल भएको थियो ।

छलफलमा लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनलाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ ।

माओवादीमा आवद्ध लिम्बुले पार्टीबाट राजीनमा दिँदै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई उम्मेदवार बनाउन रास्वपा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री ढकाल लगायतले लामो छलफल गरेका थिए ।

इलाम– २ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जना आकांक्षीहरू थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *